राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटनकाे कारण सर्वोच्चमा बुझाउँदै

 पुस १९, २०७७ आइतबार १४:३९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारणबारे आइतबार (आज) सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै छ ।

यसअघिको सर्वोच्चको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै आजसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई आदेश दिएको थियो । त्यही आदेशअनुसार राष्ट्रपतिको कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर आज लिखित जवाफ पेस गर्न लागेको हो ।

गएकाे पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएकाे थियो ।

प्रतिनिधि सभा विघटन गर्न नपाइने र संसद् पुनर्स्थापना हुनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले यो मुद्दामा यही २२ गते बुधबारका लागि अर्को पेसी तोकेको छ । यो मुद्दाका लागि सर्वोच्चले एमिकस क्युरी अर्थात् सर्वोच्च अदालतको सहयोगी झिकाउने आदेशसमेत दिएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया