राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु
बैशाख ८, २०८१ शनिबार
इलाम – राम्रो मूल्य पाएपछि इलामका अदुवा उत्पादक किसान उत्साहित भएका छन् । भारत निर्यात सहज हुदाँ यस वर्ष अदुवाको मूल्य ४० किलाेकाे २५ सय सम्म किसानले पाउने गरेका छन् ।
गएको वर्ष मुस्किलले प्रतिकेजी १२ रुपैँयामा विक्री गरेको फाकफोकथुम गाउँपालिका–१ की कृष्णमाया निरौलाको बताउनुभयो । उहाँले भन्नुभयो ‘विक्री नभएकै कारण यस वर्ष खेती नै मासेका थियौँ तर अदुवाको भाउले झुक्यायो, अब अर्को वर्ष फेरि खेती सुरु गर्ने सोचमा छौँ ।
पहिले भारतले निकासीमा अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या थियो । व्यवसायीक किसानको सावाँ समेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् । यो वर्ष अदुवा ५० प्रतिशतले कम उत्पादन भएको इलाम नगरपालिका ५ भोर्लेनीका व्यापारी लेखनिधि न्यौपाने बताउनुहुन्छ ।
उत्पादन कम हुनु र भारत निकासीमा सहज हुनुले अदुवाको भाउ राम्रो आएको हुनसक्ने व्यापारी न्यौपानेले बताउनुभयो ।
यस वर्ष साउनको अन्तिम सातासम्ममा डेढ करोड भन्दा बढीको अदुवा इलामबाट निर्यात भएको छ ।
प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पाँच जिल्लामा धेरै किसान व्यवसायिक अदुवा खेती गरी जिविकोर्पाजन गरिरहेका छन् । जिन्जर प्रोफाइलका अनुसार, इलाममा ३ हजार २ सय ३३, पाँचथरमा ६ सय ६१, धनकुटामा २ सय ४९ , तेह्रथुममा २ सय १२ र झापामा ३ सय ४२ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ ।
केन्द्रको तथ्याङ्क अनुसार अघिल्लो वर्ष ६५ लाख ८२ हजार आठ सय ९७ किलो अदुवा निकासी भएको छ । जसमा इलामबाट ४५ हजार ९ सय ९४, पाँचथरमा ८ हजार ८ सय ३९ , धनकुटामा ४ हजार ९ सय ३३, तेह्रथुममा ३ हजार दुई सय ७७ र झापामा ४ हजार ५ सय ८३ मेट्रिकटन अदुवा उत्पादन भएर निकासी भएको छ । मेची भन्सार कार्यालय काकरभिट्टाबाट मात्र २० हजार ५१ मेट्रिक टन अदुवा भारत निकासी भएको कार्यलयका सूचना अधिकारी रमेश खतिवडाले बताउनुभयो ।
कार्यालयका अनुसार, सन् २०१७ मा नेपालबाट १४ करोड ७७ लाख ५८ हजार ५२९ रुपैयाँको अदुवा भारत निकासी भएको छ भने सन् २०१८ मा १५ करोड पाँच लाख ५७ हजार रुपैयाँको निर्यात भएको छ ।