हुम्ला र जुम्लामा भारी हिमपात

 पुस २०, २०७७ सोमबार ११:३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला/हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ ।

आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।

हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।

यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ परेपछि चिसो झनै बढेको छ । रातभरि समान्य पानी परेको जुम्ला सदरमुकाममा सोमबार बिहानदेखि हिउँ परेको हो ।

हिमपातका कारण भने जुम्लामा पनि हवाई सेवा तथा यातायात प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भएको हो । बुधबारसम्म मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तस्बिर : रमेश ऐडी हुम्ला/ नेत्र शाही जुम्ला 

 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया