‘अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशङ्कापछि प्रधानमन्त्रीबाट प्रतिनिधि सभाकाे प्राण हरण भयाे’

 पुष २०, २०७७ सोमबार १६:१५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गर्नुभएको छ । 

सोमबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताउनुभएको हो ।

लामो सङ्घर्षपछि प्राप्त उपलब्धिहरूलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम भएको उहाँकाे भनाइ छ । 

प्रतिनिधि सभामा अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशङ्का भएपछि प्रधानमन्त्री ओलीले संसद्को प्राण हरण गरेको मानव अधिकारकर्मी पहाडीले बताउनुभयो । 

यस्तै प्रधानमन्त्री ओलीले सत्तामा पुगेपछि पटक–पटक गैर–संवैधानिक कामकाे सिलसिलालाई प्रारम्भ गरेको पनि उहाँले आरोप लगाउनुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधानमन्त्रीले संविधान विघटन गर्न सक्ने बताउनुभयो ।

नेपालको संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरूले अहिले संविधानको रक्षाका लागि सडकमा उत्रिएको तर संविधान उत्कृष्ट छ भन्नेहरूले संविधानको पाना च्यात्ने काम गरेको पनि पहाडीले बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया