मेस्सीले अर्जेन्टिनाबाट फुटबल नखेल्ने

 साउन ३१, २०७५ बिहीबार ११:५७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टिनाका स्टार फुटबल खलाडी लियोनल मेस्सीले अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल नखेल्ने निर्णय गरेका छन् । तर यसलाई उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको भने मान्न नसकिने बताइएको छ । अर्को महिना ग्वाँटेमाला र कोलम्बियामा हुने मैत्रीपूर्ण खेलमा भने मेस्सी खेल्ने छैनन् ।

अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टेभजले मेस्सीको पछिल्लो निर्णयबाट आफू आश्चर्यमा नपरेको प्रतिक्रिया दिएका छन् ।  मेस्सीले रेस्टका लागि यस्तो निर्णय गरेको हुन सक्ने उनले बताए ।

मेस्सीले यसअघि पनि सन्यासको घोषणा गर्दै फेरि टिममा पटक पटक फर्र्किएकाले धेरैले अझैपनि मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्कने अपेक्षा गरेका छन् । मेस्सीले सन् २०१६ मा चिलिसँग कोपा अमेरिका कप हारेपछि सन्यासको घोषणा गरेका थिए । त्यसैगरी २०१४ को विश्वकप पछि पनि उनले यस्तै गरेका थिए । तर अर्जेन्टिनाका समर्थकको ब्यापक दबाब पछि उनी पुनः टिममा फर्किएका हुन् ।

२०१८ को रुस विश्वकपमा अर्जेन्टिनाका कप्तान रहेका मेस्सीको प्रदर्शन सम्झन लायक भने थिएन् । ४ खेलमा जम्मा १ गोल गरेका मेस्सीको टिम बल्ल तल्ल अन्तिम १६ मा प्रवेश गरेको थियो । तर फ्रान्ससँग पराजित भएसँगै अर्जेन्टिनाको यात्रा अघि बढ्न सकेन । फ्रान्सले विश्वकप जितेको थियो ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया