बुद्ध एयरले पोखराबाट बिहानै ७ बजेदेखि सेवा दिने

 साउन ३१, २०७५ बिहिबार १२:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा – बुद्ध एयरले आइतबारदेखि बिहान ७ बजे नै पोखरादेखि काठमाडौंका लागि उडान भर्ने भएको छ । 

यसअघि बिहान ८ बजे भन्दा अगाडि उडान नभएकोमा अबदेखि एउटा जहाज पोखरामै राखेर ७ बजे नै नियमित उडान सुरु गर्न लागेको बुद्ध एयरका पोखरा स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।

७ बजेको उडानबाट यात्रुलाई प्रत्यक्ष लाभ मिल्ने अपेक्षा राखेको उहाँले सुनाउनुभयो । “कसैलाई जरुरी काम परेर काठमण्डौं जानु परेमा बुद्ध एयरबाट ७ बजे नै गएर सबै काम सकेर समय मै पोखरा फर्कन सजिलो हुन्छ” उहाँले भन्नुभयो ।

काठमाडौंमा जहाज पार्किङ, ट्राफिक व्यवस्थापन जस्ता समस्या भएकाले प्रत्येक एयरको १ वटा एयर काठमाडौं बाहिर राख्नु पर्ने नियम बनेको उहाँले जानकारी दिनुभयो ।

पोखराबाट काठमाडौंका लागि बुद्ध एयरले दैनिक ७ उडानबाट सेवा दिँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया