सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
जोआन ग्याम्पर ट्रफीको उपाधि बार्सिलोनाले जितेको छ ।
अर्जेन्टिनाको बोका जुनियर्सलाई ३–० ले हराउँदै बार्सिलोनाले जितेको हो । जोआन ग्याम्पर ट्रफी बार्सिलोनाका संस्थापक, खेलाडी तथा पूर्व अध्यक्ष जोआन ग्याम्परको सम्मानमा क्लबले ला लिगा सिजन सुरु हुनु केही दिन अघि नोउ क्याम्पमा खेल्दै आएको छ ।
लियोनल मेस्सी, फिलिपे कोउटिन्हो र जेरार्ड पिके जस्ता महत्वपूर्ण खेलाडीलाई पहिलो एघारमा उतारको बार्सिलोनाका लागि पहिलो गोल भने माल्कमले गरेका थिए । हालैमात्र ब्राजिलियन क्लब बोर्डोबाट ३६.५ मिलियन पाउण्डमा बार्सिलोना आएका माल्कमले १८औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । लियोनल मेस्सीको पासमा उनले गोल गरेका थिए ।
मेस्सीले ३९औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्यो । ६५औं मिनेटमा मैदान प्रवेश गरेका लुइस स्वारेजको पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको ३–० को जित सुनिश्चित गराए ।
ला लिगामा बार्सिलोनाले शनिबार डिपोर्टिभो एल्भेसविरुद्धको खेलबाट नयाँ सिजन सुरु गर्दैछ ।