भारतबाट कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक

 पुष २४, २०७७ शुक्रबार ७:२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतबाट कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तु आयात गर्न नपाइने भएको छ ।

भारतका विभिन्न ठाउँमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन सरकारले तत्कालका लागि आयातमा रोक लगाएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले देशभरका आठवटा क्वरेण्टीन कार्यालयलाई पत्र पठाएर आयातमा रोक लगाउन निर्देशन दिएको छ । 

बर्ड फ्लु भित्रिन नदिन काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाण्डौ, भैरहवा, नेपालगञ्ज र गड्डाचौकीका पशु क्वरेण्टीन कार्यालयले जाँच गर्न थालिसकेको मन्त्रालयले जनाएको छ।

भारतको झारखण्ड, हिमाञ्चल, गुजरात, केरला, मध्यप्रदेश, राजस्थान, महाराष्ट्रलगायतका ठाउँमा बर्ड फ्लुको सङ्क्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको भन्दै कडाइ गरिएको हो ।

मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ । यस्तै देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले किसानलाई आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया