तराईमा बाक्लो कुहिरो : काठमाण्डौमा हिजोभन्दा आज चिसो

 पुष २४, २०७७ शुक्रबार ७:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले देशको तराईका भू-भागमा बाक्लो कुहिरो लागेको छ । 

चिसोका कारण कुहिरो लागेको मौसमविद्ले बताएका छन् । दिउँसोपछि कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार चर्को घाम भने लाग्ने सम्भावना छैन् । सुदूरपश्चिम र  प्रदेश १ मा आज दिनभर बादल लाग्ने छ । 

रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् बासीले बताउनुभयो । यसैबीच काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज चिसो बढेको छ । 

आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाण्डौको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो फेरि घटेर ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । बादल हटेर आकाश खुलेकाले चिसो बढेको मौसमविद् बासीले बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया