झापा कपको अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र चित्लाङ फुटबल क्ल...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकाका विद्यालय आउँदाे माघ महिनादेखि खुल्ने भएका छन् । कोरोनाको जोखिम घट्दै गएको निष्कर्षसहित माघ महिनादेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी निजी तथा सामुदायिक विद्यालय खोल्ने तयारी भएको हो ।
काठमाण्डौ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती भट्टराईले जनस्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय खोल्न सकिने बताउनुभयो । गएको चैतदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा नकारात्मक असर देखिन थालेको, भर्चुअल कक्षाहरू प्रभावकारी नभएको जस्ता कारण विद्यालय खोल्न दबाब परेको उहाँले बताउनुभयो ।
कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनका अध्यक्ष टीकाराम पुरीले महामारीको जोखिम घटेकाले काठमाण्डौ र सहरी क्षेत्रका विद्यालय पनि खुलाउन आफ्ना सदस्य विद्यालयलाई आग्रह गरिएको बताउनुभयो ।
भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएकाे महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्य ढाँचा २०७७ अनुसार पालिकाले सरोकारवालासँगको समन्वयमा विद्यालय खोलेका हुन् ।
जनस्वास्थ्य विज्ञले भने विद्यालय खोल्न हतार नगर्न सुझाव दिँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।