वन्यजन्तु पीडितलाई पाँच महिनामा झण्डै साढे १० लाख राहत

 पुस २५, २०७७ शनिबार १३:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०७७७८ को पाँच महिनामा १० लाख ४७ हजार रुपैयाँ राहत वितरण गरेको छ ।

निकुञ्जका अनुसार निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएका १ सय ४४ पीडितमध्ये १ सय ४२ जनालाई राहत वितरण गरिएको हो । निकुञ्ज क्षेत्रभित्र जंगली वन्यजन्तुले मान्छे, बालीनाली वा पशुधनको क्षति पुर्‍याएमा राहत दिने व्यवस्था छ ।

कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म १० लाख ४७ हजार १ सय ५५ रुपैयाँ प्रदान गरेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएकालाई १० लाख ४७ हजार रुपैयाँ भन्दा बढी राहत वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि अहिलेसम्म कार्यालयले १ सय ४२ जनालाई राहत रकम उपलब्ध गराएको हो । निकुञ्जको तथ्यांक अनुसार वन्यजन्तुले १ सय ४० घरधुरीको बालीनाली क्षति, एउटा पशुधन क्षति र ३ जनालाई गम्भीर घाइते बनाएको छ ।

निकुञ्जका अनुसार रसुवाको ठूलो स्याफ्रु, बृद्घिम, खाम्जिङ, कालिकास्थान, यार्सा, लगायतको क्षेत्रमा बढी क्षति गरेको छ । यस क्षेत्रमा सबैभन्दा बढी बँदेल, दुम्सी, बाँदर, चितुवा, भालुले क्षति पुर्‍याउने गरेको छ । निकुञ्जभित्र पछिल्लो समय वन्यजन्तुले क्षति पुर्‍याउने क्रम बढ्दै गएको स्थानीयले बताएका छन् । पछिल्लो समय वन्यजन्तुले मान्छेलाई आक्रमण गर्ने, घरपालुवा पशुलाई मार्ने तथा अन्नबाली खाएर हैरान बनाउने क्रम बढेको छ ।

वन्यजन्तुले क्षति गर्न थालेपछि पीडितले खेती गर्ने तथा पशुपालन गर्ने कार्य कम हुन थालेको छ । धेरैजसो जंगली बदेलले बाली क्षति गरेको निवेदन आउने गरेको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गरिएको हो ।

हात्ती, गैडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बँदेल, ध्वाँसे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिंगरले क्षति गरेमा राहत पाउने निर्देशिकामा व्यवस्था छ । २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया