आर्थिक प्रलोभनमा नपरि घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरी सम्मानित

 पुष २६, २०७७ आइतबार १९:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – घुस लिन नमान्ने १८ जना ट्राफिक प्रहरी सम्मानित भएका छन् । ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरि घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई एसएसपी ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले पुरस्कृत र सम्मान गर्नुभएको हो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई नियमअनुसार कारबाही गर्ने क्रममा घुस दिइ ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारी चालकलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एवम् सम्मान गरेको महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया