‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाडौं - सिभिल बैंक लिमिटेडले ८५ दशमलव २० प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकले गएको आर्थिक वर्षमा ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको हो । बैंकले आब ०७४।७५ को अडिट नभएको विवरण सार्वजनिक गर्दै यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८५.२० प्रतिशतले बढी भएको जनाएको छ ।
यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९ प्रतिशतले घटेर १ अर्व ४३ करोड भएको छ भने आवास कर्जा ३१.७८ प्रतिशतले बृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै १६.९१ करोड रुपैयाँ आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८ प्रतिशतले बृद्धि गरी ४० अर्ब १ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा प्रवाह अघिल्लो आ.व.को तुलनामा ३३.७१ प्रतिशतले बृद्धि गरी ३९ अर्ब ४६ करोड रुपैयाँ भएको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८ प्रतिशतबाट घटेर २.६५ प्रतिशत भएको छ ।
बैंकले गत आ.व.को तुलनामा कर्जा प्रवाहमा गरेको बृद्धि रकम ९ अर्व ९४ करोड तथा खुद मुनाफामा गरेको बृद्धि रकम २९ करोड ६७ लाख रुपैयाँ छ । आ.व. २०७४/७५को मसान्तसम्म दुईलाख ५० हजारभन्दा बढी ग्राहक रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेकोे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।