हृदयेश त्रिपाठी नेकपामा प्रवेश

 साउन ३१, २०७५ बिहिबार १७:४३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - गएकाे प्रतिनिधि सभाकाे चुनावमा सूर्य चिह्न लिएर चुनाव लडेका सांसद हृदयेश त्रिपाठी विधिवत रुपमा नेकपामा प्रवेश गर्नुभएकाे छ।

नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी ५००१ मतान्तरले विजयी हुनुभएको थियाे ।  त्रिपाठीले ३८ हजार ५ सय ९२ मत ल्याउनुभएकाे थियाे भने उहाँका प्रतिस्पर्धी कांग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत ल्याउनुभएको थियाे ।

सूर्य चिह्न लिएर चुनाव लडेका बृजेश गुप्तालगायत  अन्य केही नेताहरु पनि अाधिकारिक रुपमा नेकपामा प्रवेश गरेका नेकपाका सांसद तथा नेतृ रामकुमारी झाँक्रीले उज्यालाेलार्इ जानकारी दिनुभयाे ।

बिहीबार बिहान नेकपाकाे पार्टी कार्यालय धुम्बाराहीमा त्रिपाठीसहित जवप्रवेशी नेताहरुलार्इ नेकपाका अध्यक्षद्वय केपी शर्मा अाेली र पुष्पकमल दाहालले स्वागत गर्नुभएकाे थियाे ।

त्रिपाठी गएकाे प्रतिनिधि सभाकाे चुनावमा सूर्य चिह्न लिएर लड्नुअघि राष्ट्रिय जनता पार्टीमा अावद्ध हुनुहुन्थ्याे । चुनाव अगाडि उहाँले राष्ट्रिय जनता पार्टी त्याग गर्नुभएकाे थियाे ।

 

अन्तिम अपडेट: चैत ६, २०८०

1 Comments

  • देवी न्यौपाने

    Aug. 17, 2018, 5:34 a.m.

    विद्यार्थीकालदेखिनै बाम राजनीतिमा सक्रिय ह्रृदयेशजी लामोअन्तरालपछि सही राजनीतिक गन्तव्यमा प्रस्थान गर्नुभएको छ। सफल राजनीतिक जीवनको कामना गर्दछु।

  •  0 Reply

तपाईको प्रतिक्रिया