भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - आज माघे सङ्क्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । थारु, मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।
थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । तराईका जिल्लामा माघे सङ्क्रान्तिलाई तिला सङ्क्रान्तिको रुपमा मनाउने गरिन्छ । आजको दिन स्नान, जप, तप, ध्यान साधना, दान गरे पुण्य पाइने धार्मिक मान्यता छ । आजको दिन घिउ, चाकु, तरुल, सखरखण्ड एवम् खिचडी खाने गरिन्छ ।
तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यस्तै, केही ठाउँमा सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने चलन छ ।
आज शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ विश्वास पनि गरिन्छ । आजबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटो हुँदै जाने छ । अब बिस्तारै दिन लामो हुँदै जाने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।