आज काठमाण्डौ उपत्यकाका २१ ठाउँमा बिजुली काटिने

 माघ ३, २०७७ शनिबार ७:१५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज काठमाण्डौका २१ ठाउँमा बिजुली काटिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले आज काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ ठाउँमा विद्युत प्रवाह रोकिने भएको छ ।

हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु, मित्रनगरलगायतका ठाउँमा केही घण्टा बिजुली नआउने भएको हो । मर्मतको काम सकिए लगत्तै बिजुली आपूर्ति हुने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्रधाकिरणले यसअघि पनि मर्मतका लागि भन्दै तालिका सार्वजनिक गर्ने गरेको थियो । मर्मतका लागि बिजुली काट्नुपर्ने भएकाले यसलाई लोडसेडिङ भन्न नमिल्ने प्राधिकरणले बताउँदै आएको छ । 
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया