चन्द्रागिरि नगरपालिकामा जन्म, विवाह, बसाईंसराईको कर लाग्दैन

 भदौ १, २०७५ शुक्रबार ७:३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - धेरै स्थानीय तहले जथाभावी कर लिएको भन्दै गुनासो बढिरहेको बेला काठमाडौंको चन्द्रागिरि नगरपालिकाले भने व्यक्तिगत घटना दर्ता तथा सिफारिस निःशुल्क हुने व्यवस्था गरेको छ ।

जन्म, विवाह, बसाईंसराई, सम्बन्ध विच्छेद र मृत्यु दर्ता तथा छात्रवृत्ति र स्वास्थ्यसम्बन्धी सिफारिस निःशुल्क हुने नगरपालिकाले जनाएको छ । मृतकसँगको नाता प्रमाणितको लागि भने ३१० रुपैयाँ लाग्नेछ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार घरबहाल लगायतका अरु करमा छुट दिइएको छ । अरु स्थानीय तहमा जस्तै कवाडी कर, ढुंगा गिट्टी र बालुवा कर, उद्योग व्यवसाय कर लिने गरे पनि कर लिएवापत नागरिकलाई सेवा सुविधा दिने कुरामा नगरपालिका सचेत भएको उहाँको दावी छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया