विराटनगरमा आजदेखि प्रदेश स्तरीय बालिका सम्मेलन हुँदै

 भदौ १, २०७५ शुक्रबार ७:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – प्रदेश नम्बर १ स्तरीय पहिलो बालिका सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदैछ । तीन दिन सम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सामाजिक विकास मन्त्रालयको अगुवाईमा बालिका सम्मेलन हुन लागेको हो ।

‘सक्षम बालिका, समृद्ध एक नम्बर प्रदेश’ भन्ने नाराका साथ सुरु हुने सम्मेलनमा प्रदेश नम्बर १ का प्रत्येक जिल्लाबाट २ जना किशोरी, १ जना किशोर गरी बढीमा १ सय ५० जनाको सहभागिता रहने सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले जानकारी दिनुभयो ।   

बालविवाह जस्तो जघन्य विषयलाई प्रदेशस्तरीय अभियानको रुपमा अगाडि बढाउन र राज्यले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य भन्दा अगाडि नै बालविवाह मुक्त प्रदेशको रुपमा घोषणा गर्न बालिका सम्मेलन फलदायी हुने सचिव सुवेदी दावी गर्नुभयो ।

१५ लाख अनुमानित बजेटको प्रस्ताव गरिएको सम्मेलनमा गैर सरकारी संस्थाहरुले खर्च गर्ने उहाँले जानकारी दिनुभयो । बालविवाह बढी हुने देशहरुमा नेपाल पनि रहेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया