फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, ल्यापटपकाे विज्ञापन गरेर ठग्ने दुई पक्राउ

 माघ ४, २०७७ आइतबार १७:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ललितपुर – ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगी गर्नेलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगी गर्ने दुई जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर घर भएका प्रमोद साह र बहुदरमाइ घर भएका मेवालाल साह रहेका छन् । पक्राउ परेका दुवैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटपजस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै विज्ञापन गर्ने, सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगी गर्ने गरेका थिए ।

ठगिएका प्रविनप्रसाद साहको उजुरीका आधारमा प्रमोद साहलाई पर्साबाट र मेवालाल साहलाई काठमाण्डौबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिको गिरोहले एक करोडभन्दा धेरै रकम ठगी गरेको अनुसन्धानमा खुलेको प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताउनुभयो ।

एसएसपी बज्राचार्यले पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्तिसँग एक करोड बढी ठगी गरेको अनुसन्धानमा खुलेको बताउनुभयो । अनुसन्धान बाँकी नै रहेकाले ठगिएका व्यक्ति अझै बढी हुन सक्ने उहाँले बताउनुभयाे । 

साथै उहाँले पछिल्लो समय फेसबुकलगायतका अन्य नेटवर्कमा फेक एकाउन्ट खोल्ने, विभिन्न प्रलोभन देखाउने, विज्ञापन गर्ने त्यसपछि सम्पर्कमा आएका व्यक्तिलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन पनि आग्रह गर्नुभएको छ ।   

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया