१९ वर्षमुनिको महिला एशिया कपमा नेपालले आज भारतसँग खेल्दै
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – वाग्मती प्रदेश र प्रदेश १ मा आजबाट हिउँदे अधिवेशन सुरु हुँदैछ ।
वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागिएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र अरु केही सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाउन माग गरे पनि त्यसो नहुने भएको छ ।
प्रदेश सभाको 'विजनेश' तय गर्न बसेको कार्य व्यवस्था परामर्श समतिको बैठकले अविस्वासको प्रस्तावसम्बन्धी कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेसँगै अविस्वासको प्रस्ताव पेश नहुने भएको हो । अविस्वासको प्रस्तावबारेको मत विभाजनका लागि समितिको बैठकले कार्यविधि बनाउने अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।
यसअघि मुख्यमन्मत्री पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । ११० सांसद रहेको बाग्मती प्रदेशमा पौडेललाई सरकार बचाउन २० सांसद आवश्यक पर्नेछ । २२ सांसद रहेको नेपाली कांग्रेसले समर्थन गरेमा पौडेलको मुख्यमन्त्री पद जोगिने देखिएको छ ।
यस्तै प्रदेश १ को हिउँदे अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ । त्यसअघि सभामुख प्रदीपकुमार भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । प्रदेश १ मा नेकपा का दुबै समूहले संसदीय दलको बैठक बसेर एक समूहले अर्को समूहलाई निलम्बन गरेको घोषणा गरेकोले आजको बैठक सहज ढंगले अघि बढ्नेमा सभामुख भण्डारी विस्वस्त हुनुहुन्न ।
प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधना राईलाई संसदीय दलको नेताबाट हटाएर उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएाके छ भने ओली समूहले १६ जना सांसदलाई निलम्बन गरेको घोषणा गरेको छ । प्रदेश १ मा नेकपाका ६७ जना सांसद रहेकोमा ३८ जनाले मुख्यमन्त्री शेरधर राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकोमा ३ जनाले फिर्ता लिएका छन् । प्रदेश १ मा पनि नेकपा विभाजन हुँदा नेपाली कांग्रेस नै निर्णायक बन्ने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।