भारतले दिएको काेराेनाविरुद्धकाे खोप भोलि नेपाल आइपुग्ने

 माघ ७, २०७७ बुधबार १४:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (बिहीबार) भोलि नेपाल आइपुग्ने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिनुभएको हो । 

कार्यक्रममा मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र आर्थिक सबै तयारी पूरा भइसकेकाले चाँडै खोप अभियान सुरु गर्ने बताउनुभयो । उहाँले विश्वमा भर्खरै विकास भएको कोरोनाविरुद्धको खोप स्वास्थ्य सामग्रीमा मात्रै सीमित नरहेर राजनीतिक सामग्रीको रूपमा समेत देखिएकाले यसको उपलब्धताको लागि राजनीतिक रूपमा पहल हुने बताउनुभयो । 

मन्त्री त्रिपाठीले नेपालको ७२ प्रतिशत मानिसलाई खोप दिनुपर्ने आँकलन सरकारले यसअघि नै गरिसकेको भन्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत कोरोनाविरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहेकाहरूलाई खोप दिने बताउनुभयो । 

थप खोप खरिद तथा प्राप्तिका लागि पनि पहल भइरहेकाले चाँडै थप खोप ल्याएर आम मानिसलाई लगाउने पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया