रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाडौं – नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर भएको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ९५ पैसा र विक्रिदर १ सय १२ रुपैया ५५ पैसा तोकेसंगै नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको हो ।
यसअघि १ अमेरिकी डलरको नेपाली मुद्रा १ सय १० रुपैयाँको हाराहारीमा मात्र पुगेको थियो । भारतीय मुद्रासँगको स्थिर विनिमय दरको प्रभाव नेपाली मुद्रामा पनि परेको अर्थशास्त्रीहरुले बताएका छन् ।
भारतीय मुद्रा कमजोर भएका कारण नेपाली मुद्राको मूल्य पनि कमजोर हुन पुगेको हो । नेपाल र भारतबीच स्थिर विनिमयदर रहेका कारण नेपालले चाहेर मात्र वा नेपाली मुद्रा बलियो भएर मात्रै नेपाली मुद्राको भाउ बढी हुँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।