अझै तीन दिन मौसम बद्ली, तत्काल पानी पर्ने सम्भावना छैन

 माघ १०, २०७७ शनिबार ६:५५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

झण्डै एक हप्ता अघिदेखि नै देशका धेरै ठाउँ बादल र कुहिरोले ढाके पनि पानी भने पर्न सकेको छैन । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । तर पानी पार्ने उल्लेख्य मौसमी प्रणाली नरहेकाले तत्काल पानी पर्ने सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

यो वर्ष हिउँदे पानी पर्न ढिला भएको छ । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहितका देशभरका धेरै ठाउँहरुमा कुहिरोले ढाकेको छ । तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । आउँदो तीन दिनसम्म नै मौसम यस्तै नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार पर्सि सोमबारसम्म नै देशका धेरै ठाउँमा बादल लाग्नेछ भने तराईका जिल्लाहरु हुस्स कुहिरोले ढाक्नेछ । तराईका धेरैजसो ठाउँहरुमा बिहानीपख बाक्लो हुस्सु् र कुहिरो लाग्ने हुँदा चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

काठमाण्डौमा हिजोभन्दा आज केही न्यानो महशुस गरिएको छ । हिजो ३ दशमलव ५ डिग्री न्यूनतम तापक्रम रहेको काठमाण्डौमा बिहानको तापक्रम ४ दशमलव १ डिग्री पुगेको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया