चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन

 माघ १०, २०७७ शनिबार २०:४:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ । ८७ वर्षका ल्यारी किङको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा आज निधन भएको बीबीसीले जनाएको छ ।

उहाँमा कोरोना सङ्क्रमण भएको खबरमा उल्लेख छ । ल्यारी किङले आफ्नो छ दशकको व्यवसायीक जीवनमा प्रतिनीधित्व गरेका अमेरिकाका सबै राष्ट्रपतिहरू सहित हलिउड कलाकारहरू र खेलकुदका प्रतिभाहरूको गरी ५० हजार भन्दा अन्तरवार्ता लिनुभएको थियो ।

ल्यारी किङले लगातार २५ वर्ष सीएनएनमा प्रत्यक्ष कुराकानी हुने कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सबैजसो अन्तरवार्तामा सकरात्मक चर्चा पाउने किङले तीन वर्ष अघि एउटा अन्तरवार्तामा आफू सँधै जवाफ सुन्नेँ, सधैँ सिक्ने र हरेक दिन सिक्दै राम्रो गर्ने गरेका कारण व्यवसायिक सफलता पाएको बताउनुभएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया