सविताकाे ह्याट्रिकमा चन्द्रपुरले चाैदण्डीगढीलाई ७–१ ले हरायाे

 माघ १२, २०७७ सोमबार १८:४४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चन्द्रपुर नगरपालिका रौतहटले राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ । 

ललितपुरमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराएको हो ।  

चन्द्रपुरको जितमा सविता राना मगरले ह्याट्रिक गर्दा रजनी थोकरले दुई, दिलकुमारी राना मगर र सनिता भोलानले एक–एक गोल गरे । चौदण्डीगढीकी अञ्जन थुलुङले एक गोल फर्काइन् ।

ह्याट्रिक पूरा गरेकी सविताले खेलकाे ५१, ६९ र ७८औँ मिनेटमा गोल गरेकी थिइन् । पहिलो हाफ निकै प्रतिस्पर्धामक बनेको थियो । पहिलो हाफमा काउण्टरमा पुगेको चन्द्रपुरले इन्जुरी समयमा मात्र खाता खोलेको थियो । दुई गोल गरेकी दिलकुमारीले पहिलो र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । यस्तै रजनी थोकरले ४७ र सुनिता भोलानले ८५ औँ मिनेटमा गाेल गरेकी थिइन् । यसअघि पहिलो हाफमा चौदण्डीगढीले २३ औँ मिनेटमा सुरुवाती अग्रता लिएकाे थियो ।

प्रतियोगितामा मङ्गलबार विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच दिनको पहिलो खेल हुँदा दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच हुनेछ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया