सभापोखरी पुगेका तीर्थयात्रीको हेलिकप्टरबाट उद्धार

 भदौ १, २०७५ शुक्रबार १६:४७:२८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको सभापोखरी गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल सभापोखरी पुगेका तीर्थयात्रीहरु बिरामी भएपछि हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

मादी नगरपालिका वडा नम्बर–५ का लोकनाथ कोइराला, छत्रकुमारी कोइराला र विमला दाहाल बिहीबार साँझ सभापोखरीको शीरमा पुग्नुभएको थियो ।

उहाँहरुले (आज) शुक्रबार बिहान सभापोखरीमा पूजाआराधना गर्ने योजना रहे पनि बिहानैदेखि रिगंटा चल्ने, टाउको र शरीर दुख्ने गरी गम्भीर बिरामी परेपछि काठमाडौबाट हेलिकप्टर मगाउनुभएको थियो । 

हेलिकप्टरद्वारा शुक्रबार बिहान लगभग ११ बजेतिर सभापोखरीबाट उद्धार गरेर संखुवासभाककै धर्मदेवी नगरपालिकामा मुडेमा अवतरण गरिएको थियो ।

त्यसपछि हेलिकप्टर काठमाडौ नै फर्किएका थियो । उहाँहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको संखुवासभा प्रहरी नायव उपरीक्षक श्याम सारु मगरले बताउनुभयो ।

उहाँका अनुसार, गर्मी ठाऊँबाट एकै पटक धेरै उचाई भएको ठाऊँमा पुग्दा लेक लागेको पाइएको र सामान्य उपचारपछि स्वास्थ्यमा समेत सुधार आउने क्रममा रहेको जानकारी आएको छ । 

सभापोखरी सदमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ । पूर्वी नेपालको संखुवासभा जिल्लास्थित सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थल हो ।

सभापोखरीमा जनै पूर्णिमाको दिन सबैभन्दा धेरै भक्तजनहरु पुग्ने गरेका छन । किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरुले गर्ने विनास रोक्न देवताहरुले सभापोखरीमा सभा बसी योजना बनाएका थिए रे ।

त्यसैले सभापोखरी नाम रहन गएको हो ।सभापोखरीको लम्बाई २ सय मिटर र चौडाइ झण्डै १ सय मिटर रहेको छ । यो समुद्री सतहदेखि ४ हजार २ सय ४० सय मिटर उचाइमा छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया