कोरोना नियन्त्रणमा पालिकाहरुले देखाएको सक्रियताकाे जति प्रशंसा गरे पनि पुग्दैन : प्रधानमन्त्री ओली

 माघ १४, २०७७ बुधबार ११:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणमा पालिकाहरुले देखाएको सक्रियताकाे जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभएको छ ।

खोप अभियानको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण नियन्त्रणका लागि पालिकाहरुले ठूलो भूमिका निर्वाह गरेको र पालिकाको भूमिका कति महत्वपूर्ण हुँदोरहेछ भनेर स्पष्ट पारेको बताउनुभयो । आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले उहाँले कोरोना संक्रमण सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

यस्तै उहाँले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तीमा रहेका व्यक्तिहरुको पनि प्रशंसा गर्नुभएको छ । गएको १ वर्ष अत्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै उहाँले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताउनुभयो । उहाँले खोप उपलब्ध गराएकोमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद दिनुभएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया