प्रधानमन्त्री ओलीसहित चार पूर्वप्रधानन्यायाधीशलाई जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

 माघ १५, २०७७ बिहीबार १७:१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अवहेलना मुद्दामा अदालतमै हाजिर हुन सर्वोच्चले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने भन्नेबारे सात दिनभित्र लिखित जवाफसहित आफै उपस्थित हुन आदेश दिएको हो ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै बूढा बाजेलाई अदालतमा लगेर तमासा देखाएको भन्ने अभिव्यक्ति दिएपछि उहाँविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गर्नुभएको थियो । यस्तै प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि रिट दायर गर्नुभएको छ ।

यस्तै न्यायाधीश शर्माको इजलासले पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई आफै अदालतमा उपस्थित हुन आदेश दिएको सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले बताउनुभयो । साथै पूर्वसभामुख दमननाथ ढुङ्गानालाई पनि आफै उपस्थित हुन सर्वाेच्चले आदेश दिएको छ ।

चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भएको बताएका थिए । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया