लकडाउनमा थलिएको पुष्प व्यवसाय बिस्तारै जुर्मुराउँदै

 माघ १७, २०७७ शनिबार ८:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लकडाउनमा थलिएको पुष्प व्यवसाय बिस्तारै जुर्मुराउन थालेको छ।

कोरोना भाइरसको जोखिमका कारण ठप्प जस्तै भएको पुष्प क्षेत्र अन्य क्षेत्र जस्तै चलायमान हुन थालेको छ । व्यवसायीहरुले व्यवसाय विस्तार तथा सुरु गर्न आवश्यक तयारी थालेका छन्  ।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार कोरोनाको जोखिम कायमै भए पनि पर्यटन क्षेत्र चलायमान हुन थालेकाले पुष्प व्यवसायीमा पनि उत्साह थपिएको छ । तर, ढुक्क हुने अवस्था अझै नरहेकाले अन्याेल भने कायमै रहेको एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो ।

आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ४२ करोड रुपैयाँभन्दा धेरैको वार्षिक कारोबार गरेको पुष्प व्यवसायले काेराेनाका कारण आर्थिक वर्ष २०७६/७७ मा भने २ अर्ब १५ करोड रुपैयाँ मात्र कारोबार गरेको थियो । यसैबीच, अब सातै प्रदेशमा पुष्प व्यवसाय विस्तार हुने भएको छ ।

यसका लागि एसोसिएसनले सातै प्रदेशका सरकारसँग छलफल गरेको छ । छलफलमा पुष्प व्यवसाय विस्तार गर्न स्थानीय सरकार सकारात्मक देखिएकाले आउँदो वैशाख महिनादेखि व्यवसाय सुरु गर्ने तयारी गरेको अध्यक्षकुमार कसजू श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया