कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
रुकुम(पश्चिम) – रुकुमका जनप्रतिनिधिहरुले अाफूले बैठक भत्ता मार्फत बुझेको रकमबाट बिरामीलाई सहयोग गरेका छन् ।
वडाध्यक्ष र सदस्यहरुले वडापालिका, गाउँ कार्यपालिका तथा विभिन्न समितिको बैठकबाट बुझेको भत्ताबाट बिरामीहरुलाई सहयोग गरेका हुन् ।
त्रिवेणी गाउँपालिका वडा नं.–१ का अध्यक्ष मोहनकिशोर ओली, ४ का वडाध्यक्ष चन्द्रबहादुर खड्का, ६ का वडाध्यक्ष राजेन्द्र पुन, १ का वडा सदस्य लक्ष्मण ओली, ४ का वडा सदस्य प्रेमवहादुर बाँठामगर र वडा नम्बर ५ का जनप्रतिनिधिहरुले त्रिवेणी ५ का तुलबहादुर घर्ती मुनाललाई ४७ हजार सहयोग गरेका गर्नुभएको हो ।
सहयोग रकम पक्षघातको समस्या भएर काठमाडौंको वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेना मुनालका छोरा मदन घर्तीमगरलाई हस्तान्तरण गरिएको बताइएको छ ।
त्यस्तै, बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रवहादुर केसी र मुसीकोट नगरपालिका वडा नम्बर १० का सदस्य धनवहादुर खड्का बसन्तले पनि बैठक भत्ता बापत पाएको रकम बिरामीलाई सहयोग गरेका गर्नुभएको छ ।
वडाध्यक्ष केसीले बाँफिकोट १० का मनवहादुर चन्दलाई ५ हजार र वडा नं.३ का मनवहादुर ओलीलाई ३ हजार सहयोग गर्नुभएको हो ।
वडा सदस्य बसन्तले भालुको आक्रमणबाट घाईते भएका रुकुम(पूर्व)को भुमे गाउँपालिका–१ का कैलाश पुनको उपचारका लागि पाँच हजार पाँच सय रुपौयाँ सहयोग गर्नुभएको छ ।
आफ्नो सानो सहयोगले पनि बिरामीको उपचारका लागि ठूलो सहयोग पुग्ने भएकाले सकेको सहयोग गरिएको जनप्रतिनिधिहरुको भनाई रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।