तल्लो अरुण आयोजना भारतीय कम्पनी सतलज विद्युत निगमलाई दिने निर्णय

 माघ १७, २०७७ शनिबार १३:४६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले तल्लो अरुण आयोजना भारतीय कम्पनी सतलज विद्युत निगम (एसजेभीएन)लाई दिने निर्णय गरेको छ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण तथा विकास गर्न भारतको एसजेभीएन लिमिटेड छनोट भएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरी एसजेभीएनलाई दिने निर्णय गरेको हो । ६ सय ७९ मेगावाट क्षमता रहेको तल्लो अरुण परियोजना प्रदेश नं १ को सङ्खुवासभा र भोजपुरमा रहने छ ।

२०७५ साल चैतमा काठमाण्डौमा भएको लगानी सम्मेलनमा सरकारले तल्लो अरुण परियोजना लगानीकर्ताका लागि प्रस्तुत गरेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले विद्युत् उत्पादनसँगै खपतको समेत योजना बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले पूर्वाधार परियोजनालाई समयमै कार्यान्वयनका लागि समन्वयात्मक ढङ्गबाट काम गर्न निर्देशन दिनुभएको बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया