ईयूले युरोपमा बनेका कोरोनाविरुद्धकाे खोप निर्यातमा नियन्त्रण गर्ने

 माघ १७, २०७७ शनिबार १४:१३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोपेली सङ्घ (ईयू)ले आफ्ना सदस्य देशहरुमा बनेका कोरोना भाइरस विरुद्धकाे खोप अन्य देशमा निर्यात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

 ईयूसँगको सम्झौता अनुकूल काम नभएमा उत्पादित नयाँ खोपको निर्यातमा अस्थायी रुपमा रोक लगाउने ईयूले जनाएको छ । ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध नलगाउने निर्णय गरेकाे छ । 

तीमध्ये कोभ्याक्सका लागि खोप दान दिने, गरिब देशका लागि विश्वव्यापी खोप सहयोग योजना, स्विट्जरल्यान्ड, नर्बे र उत्तर अफ्रिकाका देशहरु रहेका छन् । भूमध्यसागरीय देशहरू लेबनन र इजरायल पनि प्रतिबन्धमा नपरेका बीबीसीले जनाएकाे छ । तर याे निर्णयबाट बेलायत, क्यानडा,  अमेरिका अष्ट्रेलियालगायतका एक सय बढी देश भने प्रभावित हुनसक्ने बीबीसीले जनाएको छ । 

खाेप वितरणको विषयलाई लिएर ईयू खोप उत्पादक एस्ट्राजेनेकासँग सार्वजनिक रूपमै विवादमा परेकाे तथा अनि खोप वितरणको सुस्त गतिका कारण सङ्घ माथि बढ्दो दबाब बढेसँगै ईयूले यस्ताे निर्णय गरेकाे बीबीसीकाे खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया