आउँदो तीन वर्षमा नेपालको निर्यात दोब्बर हुन्छ : निर्यात व्यवसायी महासंघ

 माघ १७, २०७७ शनिबार १७:५४:४४ | उज्यालो सहकर्मी

काठमाण्डाै – निर्यात व्यवसायी महासंघले आउँदो तीन वर्षमा नेपालको निर्यात दोब्बर पार्ने गरी काम भैरहेको जनाएको छ । आज काठमाण्डौमा भएको प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनीतिक योजना तयार पारेको जानकारी दिएको हो ।

अबको तीन वर्षमा नेपालको निर्यात एक खर्बबाट २ खर्बमा पुर्‍याउने रणनीति बनाएको र आगामी पाँच वर्षमा ७ खर्ब निर्यात पुर्‍याउने लक्ष्य राखेको महासंघका अध्यक्ष रामबहादुर गुरुङले बताउनुभयो । उहाँले महासंघसँग आबद्ध सबै पक्षसँग अन्तर्क्रिया गरी तीन वर्षे रणनीतिक योजना तयार पारिएको पनि बताउनुभयो ।

अध्यक्ष गुरुङले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै देशको आर्थिक सामाजिक अवस्था सुदृढ गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो । निर्यात बढाउनका लागि सरकार र व्यवसायीको बीचमा महासंघले आवश्यक समन्वय गरी निर्यात व्यवसायीको संरक्षण गर्ने काम गर्दै आएको अध्यक्ष गुरुङको भनाइ छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया