बझाङकाे पर्यटन प्रवर्द्धनका लागि मिसन साइपाल वृत्तचित्र बन्दै

 भदौ २, २०७५ शनिबार १८:३९:२६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङकाे पर्यटन प्रवर्द्धन गर्न मिसन साइपाल नामक वृत्तचित्र निर्माण हुने भएको छ । 

७ हजार ३१ मिटर अग्लो साइपाल हिमाल लगायत जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रलाई राष्ट्रिय र अन्र्तराट्रिय स्तरमा चिनाउन वृत्तचित्र निर्माण गरिने भएको हो । 

सात नम्बर प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तडबाट सुरु हुने वृत्तचित्र छबिसपाथिभेरा गाँउपालिकाको बान्नीको चैतली, सुर्मा गाँउपालिकाका विभिन्न भाग हुँदै साइपाल गाँउपालिको साइपाल हिमाललाई छायाङ्कन गरिने निर्देशक भोजराज भाटले जानकारी दिनुभयो । 

वृत्तचित्रमा आवश्यक तयारी पूरा भएको र वृत्तचित्रमा बझाङको रीतिरिवाज, भेषभुषा र मौलिकता समावेश गरिने छ । 

यसमा विदेशी टोलीसमेत सहभागी हुने र चारजना स्थानीय महिलालाई साइपाल हिमाल चढ्ने तालिम पनि दिइएको निर्देशक भाटले जानकारी दिनुभयो । उहाँले वृत्तचित्रलाई विभिन्न देशका १६ वटा भाषामा रुपान्तरण गरिने तयारी रहेको पनि जानकारी दिनुभयो । 

भाटले यसअघि निर्माण गरेको वृत्तचित्र ‘सुनाकली’ ले ३७ वटा अन्र्तराष्ट्रिय अवार्ड जितेको छ ।
 
हालसम्म पनि खासै प्रचारमा नआएको साइपाल हिमालको पर्यटन प्रवद्र्धनमा वृत्तचित्रले टेवा पुर्याउने आशा गरिएको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । 
८४ लाख रुपैयाँको लागतमा निर्माण हुने वृत्तचित्रमा साइपाल गाँउपालिका, छबिसपाथीभेरा गाँउपालिका र निर्माण कम्पनीले लगानी गरेका छन् भने थप लगानीका लागि अरु स्थानीय तहसँग समन्वय भइरहेको निर्देशक भाटले जानकारी दिनुभयो । 

प्रचार प्रसारको अभावमा साइपाल हिमाल चढने आरोहीसमेत पछिल्लो समय साइपालतिर जाने गरेका छैनन् । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया