डाेटी : फास्ट ट्र्याक खुलेपछि बस्ती विस्तार तीव्र

 फागुन २, २०७७ आइतबार १७:५६:४३ | विमल बिष्ट
unn.prixa.net

डोटी – कैलालीबाट वीपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने फास्ट ट्र्याक खुलेपछि यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र भएकाे छ । बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार पनि विस्तार हुन थालेको छ ।

बजार विस्तारले घरजग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको चुरे गाउँपालिका शिवनगरका व्यवसायी सुनिल विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले यहाँ व्यापार खासै थिएन, अहिले फास्ट ट्र्याक खुलेपछि जग्गा कारोबारदेखि अन्य व्यवसाय पनि राम्रो फस्टाएको छ ।’  

फास्ट ट्र्याक खुलेपछि कैलालीको हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको वीपीनगर, तेलपरा, घोडीलास, खसरे, निरौली, सेरा, खहडालगायतका ठाउँमा बजार विस्तार भएका छन् । यसअघि यी गाउँमा जग्गाको कारोबार खासै नहुने गरेको गड्सेराका स्थानीय लालबहादुर कामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बीच खेत भएर फास्ट ट्र्याक खुलेको छ, अहिले त यहाँ बजार विस्तारका लागि जग्गा किन्नेको हानथाप छ, जग्गा पनि महङ्गो हुँदै जान थालेको छ ।’  

फास्ट ट्र्याक खुलेपछि डोटीका ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेसँगै स्थानीयको जीवनस्तरमा परिवर्तन हुन थालेको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फास्ट ट्र्याक खुलेपछि ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेका छन्, आवश्यक पर्ने सामग्री गाउँमै पाइन थालेपछि झण्डै–झण्डै सदरमुकाम आउन नपर्ने भएको छ ।’  

फास्ट ट्र्याकले छोएका जग्गामा धमाधम घडेरी निर्माण भइरहेका छन् । यहाँको वीपीनगर तथा शिवनगर क्षेत्रमा दुई लाखमा पाइने घडेरी दुई वर्षयता तीन गुणाले बढेको स्थानीयहरु बताउँछन् । गाउँका जग्गा सस्तोमा बेचेर सहरी क्षेत्रमा गएकाहरूसमेत फास्ट ट्र्याक खुलेपछि फेरि गाउँ फर्कन थालेको बडीकेदार गाउँपालिका १ को वीपीनगरका स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया