मनसुनी वायु मध्य र पश्चिममा बढी सक्रिय, पूर्वमा थोरै वर्षा

 भदौ ३, २०७५ आइतबार ८:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यो वर्ष पूर्वको तुलनामा मध्य र पश्चिमका क्षेत्रमा धेरै पानी परेको छ । मनसुनी वायु मध्य र पश्चिममा बढी सक्रिय हुँदा पूर्वी क्षेत्रमा कम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन अझै एक महिना रहने भएकाले पूर्वमा पानी पर्ने सम्भावना बाँकी नै छ । यो वर्ष पूर्वका एक दुई ठाउँमा खडेरीसमेत परेको थियो । आइतबार पनि पूर्वका केही ठाउँमा वर्षा हुने अनुमान गरिएको छ । 

राति मध्य र पूर्वका केही ठाउँमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको हो । अब केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया