सीमा क्षेत्रको डुबान समस्या समाधान गर्न पूर्वराजदुत उपाध्यायको सरकारसँग आग्रह

 भदौ ३, २०७५ आइतबार ११:१७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – भारतले एक पक्षीय ढंगबाट निर्माण गरेको सीमावर्ती क्षेत्रका बाँधका कारण उत्पन्न भएको समस्या समाधानका गर्न भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायले सरकारसँग आग्रह गर्नु भएको छ । 

कपिलवस्तु जिल्लाको सीमा क्षेत्रमा रहेको महली सागर, बजाहा र मर्थी बाँधबाट नेपाली कृषकहरुको धान खेत डुबानमा परेको अवस्था अवलोकन पछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्व राजदुत उपाध्यायले प्राविधिक तथा कुटनितिक प्रयासबाट समस्या समाधान हुन सरकार गम्भीर हुनुपर्ने बताउनु भयो ।

महलीसागर बाँध निर्माण कार्य रोकिएको भए पनि भारतीय पक्षबाट बाँधमा काठको फलेक अर्थात पटरा लगाएर पानी रोकेका कारण यस वर्ष डुबानको समस्या यो क्षेत्रमा बढेको हो । डुबानका कारण सीमा क्षेत्रका करीब ३ सय हेक्टर धान खेत डुबेको छ । कृषकहरुले २ पटक सम्म धान खेती गरेको धान सबै गलेर नष्ट भएको छ । 

सबैभन्दा पहिला त सरकारी पक्षबाट क्षतिको मुल्यांकन गर्नु पर्छ, पूर्व राजदुत उपाध्यायले भन्नुभयो, “डुबान क्षेत्रका कृषकहरुलाई सरकारले राहत वितरण गर्नु पर्छ ।” 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया