बेहोस बनाएर करणी गरेको आरोपमा एकजना पक्राउ

 भदौ ४, २०७५ सोमबार ७:१९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – जबर्जस्ती करणी गरेको आरोपमा बुटवलमा एकजना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल २ पाखापानीमा रहेको जंगलमा लगेर प्युठानकी २४ वर्षीय एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही देवदह–३ बसन्तपुरका देविलाल खनाल पक्राउ परेका हुन् ।

उनले ती महिलालाई नसालु पदार्थ खुवाएर बेहोस बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । महिलाको उद्धार गरी उपचार गरिएको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • मदन सुनार

    Aug. 20, 2018, 8:28 a.m.

    अरुले दिएकोकुरा किन खानु

  •  0 Reply

तपाईको प्रतिक्रिया