लमजुङ : पर्यटकको रोजाइमा 'वाटरफल जीपलाइन एड्भेन्चर'

 फागुन २८, २०७७ शुक्रबार ७:१५:२२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, स्याँगे झरनामा निर्माण गरिएको ‘वाटरफल जीपलाइन एड्भेन्चर’ पर्यटकको रोजाइमा पर्न थालेको छ ।

पहिलेदेखि नै पर्यटकको रोजाइमा पर्दै आएको स्याँगे झरनामा जीपलाइन व्यावसायिक रुपमा सञ्चालन हुन थालेपछि थप पर्यटकको आकर्षण बढ्दै गएको हो ।

जीपलाइनले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गरेको ‘वाटरफल जीपलाइन एड्भेन्चर’ प्रचारप्रसार विभागका संयोजक प्रदीप गुरुङले बताउनुभयो ।

‘जीपलाइनले व्यावसायिकता पाउँदै गएको छ । झरनामा दिनहुँ आन्तरिक पर्यटकको आगमन बढ्दो छ,’ उहाँले भन्नुभयो । उहाँकाअनुसार यस झरनामा दिनहुँ १०/१५ जनाकाे हाराहारीमा आन्तरिक पर्यटक आउने गर्छन् ।

‘जीपलाइनमा रमाउन बिदाको दिन यहाँ २५/३० जना पर्यटक आउँछन्,’ उहाँले भन्नुभयो, ‘थप प्रचारप्रसार हुन सकेमा पर्यटकको आगमन बढाउन सकिन्छ ।’ 

स्याँगे झरनामा बाह्रै महिना जीपलाइन सञ्चालन गर्ने उहाँले बताउनु भयाे । प्रति ‘जीप फ्लाएर’ टिकट शुल्क ३ सय रुपैयाँ निर्धारण गरिएको गुरुङले बताउनुभयो । जीपलाइन सञ्चालनको जिम्मा स्थानीय कन्यादेवी युवा क्लब मिप्राले लिएको छ ।

क्लबले जीपलाइन सञ्चालनबाट सङ्कलित रकमबाट वार्षिक रुपमा गाउँपालिकालाई मनोरञ्जन कर बुझाउनुका साथै जीपलाइन सञ्चालन, मर्मत सम्भार तथा अन्य सामाजिक सेवाका क्षेत्रमा खर्च गर्ने गर्छ ।

८ लाख लागतमा जीपलाइन निर्माण

मर्स्याङ्दी गाउँपालिकाको ५ लाख, अपर स्याँगे जलविद्युत आयोजनाको २ लाखका साथै स्थानीयकाे श्रमदानसमेत गरी झण्डै साढे ८ लाखको लागतमा ‘वाटरफल जीपलाइन’ निर्माण गरिएको हो ।

जीपलाइनको कुल लम्बाइ १ सय ३० मिटर रहेको छ भने यसकाे तीन ठाउँमा ‘ब्रेकर’ राखिएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया