नेप्से ८ अंकले घट्यो

 भदौ ४, २०७५ सोमबार १६:३१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शेयरबजार परिसूचक नेप्से सोमबार पनि घटेको छ ।

कारोबार भएकामा अधिकांश कम्पनीको शेयरको भाउ घटेपछि आइतबार १४ अंकले घटेको नेप्से सोमबार फेरि ८ दशमलव २२ अंकले घटेको हो ।

नेप्से ११ सय ८८ दशमलव ०७ अंकमा पुगेको छ । कारोबार भएका आज उत्पादनमुलक समूहको उपसूचक सामान्य बढे पनि अरु ९ वटा उपसमूह घटेपछि समग्रमा नेप्से पनि घटेको हो । नेप्सेसँगै सोमबार कारोबार रकम पनि १० करोडले घटेको छ । 

सोमबार साढे २२ करोड रुपैयाँ बराबरका ६ लाख कित्ता शेयर किनबेच भए । सोमबार सिन्धु विकास बैंकका शेयर धनीले १० प्रतिशत गुमाएका छन् । नेप्से घटे पनि सोमबार वल्र्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सका शेयरधनीले साढे ५ प्रतिशत कमाएका छन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया