‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाडाैं – राष्ट्रियसभाका सांसदहरुले मुस्लिम समुदायको महान पर्व बकर इदमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाका सांसद कविता बोगटीले मुस्लिम समुदायको महान पर्व बकर इदमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्नु भएको हो । बकर इद पर्व बुधबार मनाइँदै छ । सांसद बोगटीले दशैं जस्तै मुस्लिम समुदायको महान पर्व बकर इदमा सार्वजनिक बिदा दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले विभिन्न समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा कटौती गरेर गल्ती गरेको दाबी पनि गर्नुभयो । त्यसैगरी सांसद उदया शर्मा पौडेलले ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको ८० रोपनी जग्गा भाडामा दिएकोमा आपत्ति जनाउँदै तत्काल फिर्ता लिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले विभिन्न बहानामा कर वृद्धि गरिएको उल्लेख गर्दै फिर्ता लिन पनि सरकारसँग जोडदार माग गर्नुभयो । सांसद अनिता देवकोटाले वर्षाको मौसममा आवागमनमा समस्या भएको भन्दै दाङको खोलाहरुमा पुल निर्माण गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले दाङमा मापदण्ड विपरित संचालनमा रहेका सिमेन्ट उद्योग हटाई दिन पनि सरकारसँग माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।