कोही युवा बेरोजगार हुनु नपर्ने, भएमा निर्वाह भत्ता पाइने

 भदौ ५, २०७५ मंगलबार १२:३:५७ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले सबै नेपाली नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्ने तयारी थालेको छ । कोही युवा बेरोजगार हुनु नपर्ने तथा बेरोजगार भए सरकारले निर्वाह भत्ता उपलब्ध गराउने सरकारको तयारी हो । रोजगारीको हक सम्बन्धमा बनेको विधेयक मन्त्रिपरिषदबाट पारित भैसकेको छ ।

मन्त्रिपरिषदले पारित गरेको विधेयकको मयौदा केही दिनभित्र संसदमा पेश हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । संसदले विधेयक पास गरेर ऐन बनेपछि कोही युवा बेरोजगार हुनु नपर्ने सरकारको दाबी छ ।

सीप, शिक्षा, योग्यताका आधारमा सबै नागरिकलाई आधारभूत रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ । रोजगार सूचना केन्द्र खोलेर आन्तरिक श्रम बजारमा रहेका रोजगारीका सम्भावानाको खोजी गर्ने विषयलाई  प्राथामिकतामा राखिएको छ ।

सरकारले यो विधेयकमार्फत नै बाध्यताकारी वैदेशिक रोजगारीको अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

विधेयकमा बेरोजगार व्यक्तिको परिभाषासमेत उल्लेख गरिएको छ । एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएको वा कम्तिमा तोकिएबमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नरहेको १८ वर्षदेखि ५९ वर्ष उमेर समूहको नागरिकलाई बेरोजगार भनी किटान गरिएको छ ।

ऐन लागू भएपछि प्रदेश सरकार तथा स्थानीय तहले बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार दिन आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्ने विधेयकमा उल्लेख छ ।

विधेयकमा प्रदेश सरकार र स्थानीय तहले बेरोजगार सहायताको लागि रोजगारीको अवसर सम्बन्धी सूचना उपलब्ध गराउने, रोजगारमूलक तथा सीपमूलक तालीम दिने, बैंक तथा वित्तीय संस्था मार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, स्वरोजगार सृजना गर्ने र बेरोजगार सहायताकार्यक्रम सम्बन्धी अरु व्यवस्था गर्ने उल्लेख छ ।
बेरोजगार सहायता कार्यक्रम अन्तर्गतको तालीम प्राप्त गरेको व्यक्तिले रोजगार सेवा केन्द्रले खटाएको ठाउँमा गई तोकिए बमोजिम काम गर्नुपर्ने विधेयकमा उल्लेख छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • fadindra gurung

    Aug. 22, 2018, 9:13 a.m.

    अत्यन्त राम्रो कदम हो यो सरकारको / सरकारको यो योजना सफल भएमा हामी जस्ता गरीब बेरोजगार युवा शक्ति विदेशिने बाध्यतावाट मुक्ति मिल्न सक्छ /

  •  0 Reply
  • Pashupati Karkee

    Aug. 21, 2018, 12:12 p.m.

    राम्रो हो कदम सफल बनोस कार्यक्रम ।

  •  0 Reply

तपाईको प्रतिक्रिया