झापा कपको अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र चित्लाङ फुटबल क्ल...
पुस ४, २०८१ बिहिबार
ओलम्पियन निशा रावल इन्डोनेसियामा जारी एसियन गेम्सको प्रिक्वाटरफाइनलबाट नै बाहिरिएकी छन् ।
पदकको आशा गरिएको तेक्वान्दोमा एकपछि अर्को खेलाडी बाहिरिँदा निशा पनि सुरुवाती चरणबाट नै आउट भइन् ।
६७ केजी माथिको तौल समूहमा निशा चीनकी गाओ पानसँग २२–६ को स्कोरले पराजित भएकाी हुन् । पहिलो राउन्डमा तीन एकले पछि परेकी निशा दोस्रो राउन्डमा ६–३ ले पछाडि परिन् ।
तेस्रो तथा अन्तिम राउन्डमा कमब्याक गर्न लाग्दा उनले आफ्नो लय गुमाउन पुगिन् । फाइनल राउण्डमा चीनकी खेलाडीले १३–२ अंक बटुलिन् जसका कारण निशा २२–६ ले पराजित भइन् ।
महिला ५७ केजी मुनिको गेरोगीतर्फ ज्ञानी चुनारा क्वार्टरफाइनलमा फिलिपिन्सकी पौलिन लोपेजसँग २० – ० अंकले पराजित भइन् ।
यसअघि ज्ञानीले भुटानकी छोदेन किनझांगलाई २८ – ६ अंकले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।