बलात्कार गर्न खोज्ने युवक पक्राउ

 भदौ ५, २०७५ मंगलबार १५:५१:२० | डीबी बिष्ट
unn.prixa.net

बझाङ  – एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । बलात्कार प्रयासको आरोपमा मष्टा गाउँपालिका ४ का २१ वर्षीय दीपक फडारालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

उनले जंगलमा घाँस काटिरहेकी एक १९ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेका थिए । उनले गाँउ नजिकैको मासबारीमा बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । यद्यपि युवतीले प्रतिकार गरेका कारण बलात्कार हुन नपाएको प्रहरीले जनाएको छ । बलात्कारको प्रयास गर्ने युवकसँग प्रतिकार गर्ने क्रममा युवतीको लुगाहरु च्यातिएको र शरीरमा सामान्य चोट लागेको मुद्धा फाँटका प्रहरी नायव निरीक्षक रामसिंह बोहराले बताउनुभयो 

बलात्कारको प्रयास भएलगत्तै युवती चिच्याएका कारण फडारा भागेका थिए । बलात्कार प्रयास गर्नेलाई जबर्जस्ती करणी प्रयाससम्बन्धी मुद्धा चलाउने तयारी भैरहेको प्रहरीको भनाई छ  ।  
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया