एसियाली खेलकुद : भारत्तोलनतर्फ सञ्जु चौधरीको तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान

 भदौ ५, २०७५ मंगलबार १८:३९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

जाकार्ता – एसियाली खेलकुदमा भारत्तोलनतर्फ नेपाली खेलाडी सञ्जु चौधरीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
 
मंगलबार भएको स्पर्धामा महिलाको ५३ केजीमूनि तौल समूहमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् । उनले स्न्याच, क्लिन एण्ड जर्क र कुल गरी तीनै स्पर्धामा कीर्तिमान बनाइन् । यद्यपि उनी १२ राष्ट्र सहभागी स्पर्धाको अन्तिममा रहिन् ।
 
मंगलबार उनले स्न्याचतर्फ ७२ र क्लिन एण्ड जर्कतर्फ ८६ केजी भार बहन गरी कुल १५८ केजीका साथ नयाँ कीर्तिमान बनाएकी हुन् ।
 
यसअघि गएको जेठमा नेपालगञ्जमा भएको एसियाली खेलकुद छनोट प्रतियोगितामा उनले स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ गरी कुल १५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् ।
 
यस स्पर्धामा घरेलु खेलाडी हिडिलिन डियाजले स्वर्ण पदक जितिन् । उनले स्न्याचतर्फ ९२ तथा क्लिन एण्ड जर्कतर्फ ११५ केजी गरी कुल २०७ केजीका साथ पहिलो भएकी हुन् ।
 
उनीभन्दा एक केजी कम भार बहन गरेकी तुर्कमेनिस्तानकी क्रिष्टिना सेर्मेतोभाले राजत जितिन् । उनले स्न्याचमा ९३ केजी तथा क्लिन एण्ड जर्कमा ११३ केजी भार बहन गरेकी थिइन् ।
 
थाइल्याण्डकी खाम्बाओ सुरोदचानाले २०१ केजी भारसहित कास्य जितिन् । प्रतियोगिता अन्तर्गत बुधबार कमलबहादुर अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया