पत्याउनुहुन्छ ? भेनेजुएलामा एक किलो टमाटरको मूल्य : ५० लाख !

 भदौ ५, २०७५ मंगलबार १९:१३:५५ | एजेन्सी
unn.prixa.net

भेनेजुएलामा महंगीले आकाश छोएको छ । भलै भेनेजुएलाको सरकारले महंगी नियन्त्रण गर्न नयाँ योजना अगाडि सारेको छ, तर पनि के ती योजनाले काम गर्लान् भन्ने प्रश्न भने उठिराखेको छ । 

निकोलस माडुराको सरकारले आफ्नो मुद्राको नाम बोलिवारबाट परिवर्तन गरी ‘सोभरेन बोलिवार’ बनाएको छ । यसका साथै भेनेजुएलाको मुद्राको ९५ प्रतिशत अवमूल्यन पनि गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष भेनेजुएलमा १० लाख प्रतिशतले महंगी बढ्ने अनुमान गरेको छ । अर्थशास्त्रीहरुले भेनेजुएलाको आर्थिक अवस्था अझै बिग्रन सक्ने चेतावनी दिएका छन् । 

सोमबार के भयो ?

माडुरोले भेनेजुएलाको नोट र नाम नै परिवर्तन गरेका छन् । साथै आठ प्रकारका नयाँ नोट जारी गरिएको छ । नयाँ नोटमा २,५,१०,२०,५०,२०० र ५०० का रहेका छन् । 

भनेजुएलामा महंगाई यति धेरै बढेको छ कि हर २६ दिनपछि सामानको मूल्य दुई गुणाले बढिरहेको छ । केही अर्थशास्त्रीले मिल्क कफीलाई महंगीको प्रतीकसमेत मानेका छन् । जुलाई ३१ मा राजधानी कराकसको एउटा क्याफेमा एक कप कफी २५ लाख बोलिवारमा बिक्री भैरहेको थियो । त्यस्तै एक किलो टमाटरको मूल्य ५० लाख बोलिवार रहेको छ ।

पाँच हप्ता पहिलेको तुलनामा कफीको मूल्य दुई गुणा बढेको हो । अब त्यहाँको मुद्राको ९५ प्रतिशत अवमूल्यनपछिको अवस्थामा भने २५ सोभरेन बोलिभारमा एक कफी पाइनेछ । 

भेनेजुएलाको सरकारले नयाँ आर्थिक योजनामाफर्त महंगी नियन्त्रण मात्रै होइन,  ‘आर्थिक युद्ध’ सँग सामना गर्न पनि सहयोग पुग्ने बताएको छ ।

भेनेजुएलाले ‘साम्राज्यवादी शक्ति’ ले उविरुद्ध आर्थिक युद्ध गरिराखेको बताएको छ । भेनेजुएलामा सेप्टेम्बर १ बाट न्यूनतम पारिश्रमिक ३४ गुणा बढ्ने छ । 

 
 

अन्तिम अपडेट: जेठ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया