प्रदेश १ र ५ मा आज सार्वजनिक बिदा

 भदौ ६, २०७५ बुधबार ५:५४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - प्रदेश नम्बर १ र ५ मा आज सार्वजनिक बिदा दिइएको छ । बकर इदका अवसरमा दुवै प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । 
प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

मुस्लिमहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्वजनिक बिदा दिएको हो । 

यस्तै प्रदेश नम्बर ५ को आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना निकालेर मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर ५ का सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ । 

यसअघि गणतन्त्र दिवस जेठ १५ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि महत्वपूर्ण सरकारी कार्यालयहरु भने सञ्चालन आएपछि प्रदेश सरकारका मन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारको आलोचना गरेका थिए । 
 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया