नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र, कात्तिकपछि वितरण सुरु हुने

 भदौ ६, २०७५ बुधबार ६:२४:२८ | रासस
unn.prixa.net

काठमाडौं - राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ । 

केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम शुरु गर्ने र त्यसलगतै वितरण गर्ने तयारी रहेको बताउनुभयो । ‘‘अहिले परिचय पत्र परीक्षण गर्ने काम भइरहेको छ, कम्पनीले परीक्षण सकेर हामीलाई कात्तिकको दोस्रो हप्ताभित्र हस्तान्तरण गरेपछि हामी छपाइको काम गर्दछौ ।’’उहाँले परीक्षण सकेर कम्पनीले हस्तान्तरण गरेपछि वितरण गरिने बताउनुभयो । ‘आइडिमिया आइडिण्टीटी एण्ड सेक्युरिटी’ कम्पनीले राष्ट्रिय परिचय पत्र प्रणाली विकास गरी परीक्षण गरिरहेको छ । 

कम्पनीले भदौ १५ गतेभित्र परीक्षणको काम सकाएर हस्तान्तरण गर्ने भने तापनि प्राविधिक कारणले एक महिना ढिलो हस्तान्तरण गर्ने भएको छ । केन्द्रका कम्प्युटर इञ्जिनीयर ज्ञानेश्वर बोहराले परिचय पत्रको परीक्षणक्रममा देखिएका प्राविधिक समस्यालाई अहिले समाधान गरिरहेको बताउनुभयो ।

‘‘परिचय पत्रमा पछि समस्या नआओस् भन्नका लागि परीक्षण गरेका थियौ, तर केही समस्या आएको हुनाले त्यसलाई अहिले हटाउने काम भइरहेको छ, ’’ उहाँले भन्नुभयो । २०७४ असार ८ गतेको मन्त्रिपरिषद् बैठकले परिचय पत्रको ढाँचा र २०७४ पुस ८ गते सुरक्षित चिन्ह स्वीकृत गरेको थियो । 

सरकारले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने छ । 

परिचय पत्रको काम अन्तिमचरणमा भएकोले वितरण गर्ने जिल्ला पाँचथर र सिंहदरबारमा अहिले नागरिकको विवरण संकलन केन्द्रले गरिरहेको छ । निर्देशक जोशीले असार ५ गतेबाट पाँचथरमा विभिन्न समूह बनाइ विवरण संकलनको काम भइरहेको छ भन्नुभयो । उहाँका अनुसार अहिलेसम्म पाँचथरमा २२ हजार र सिंहदरबारमा तीन हजार नामावली सङ्कलन गरिएको छ । पाँचथरमा पाँच स्थानीय तहका नामावली सङ्कलन काम बाँकी छ । 

पाँचथरमा तीन समूह गाउँपालिका र नगरपालिकामा तथा जिल्ला प्रशासन कार्यालयमा एक समूहले विवरण सङ्कलन गरिरहेको छ । कम्प्युटर इञ्जिनीयर बोहराका अनुसार १० डिजिटल नम्बर रहेको परिचय पत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति/पप्नीको नाम, आंैठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगानासमेत उल्लेख गरिने छ । सरकारले नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो । सूचना अधिकारी जोशीले परिचयपत्र विवरण गर्न अहिले एक लाख १७ हजार परिचयपत्र आइसकेको बताउनुभयो । 

केन्द्रले नागरिकको लगत सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्रमा छापिएर बाँडिने छ । केन्द्रमा नै ती परिचयपत्र छापेर जिल्ला लगेर वितरण गरिने छ । सरकारले विसं २०६७ मा केन्द्र स्थापना गरेपनि २०७३ सालदेखि परिचय पत्रको काम शुरु भएको हो । 
यसवर्ष थप १५ जिल्लामा पनि वितरण गरिने 

यसैगरी सरकारले थप १५ जिल्लामा राष्ट्रिय परिचय पत्र लागू गर्ने भएको छ । गृहमन्त्रालयमा मन्त्रिस्तरीय निर्णय गर्दै थप १५ जिल्लामा यसवर्ष राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय गरिएको केन्द्रका निर्देशक जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेश नं १ झापा र सङ्खुवासभा, प्रदेश नं २ को महोत्तरी र सप्तरी, प्रदेश नंं ३ को रसुवा, ललितपुर र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नंं ५ को गुल्मी र कपिलवस्तु, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा प्रदेश नं ७ को अछाम र कञ्चनपुरमा लागू हुनेछ । छनोटमा परेका ती जिल्लामा जाने योजना र बजेट व्यवस्थापन भईरहेको बताइएको छ । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • GANESH KUMAR SINGH

    Aug. 23, 2018, 8:32 p.m.

    DoB लाई full form (Date of Birth) लेखे राम्रो। अनि Expiry Date किन। के नागरिकता पनि नवीकरण गर्नुपर्ने? कर असूली को एउटा नया उदाहरण। कार्ड को गुणस्तर मा संबंधित निकाय ले ध्यान राख्नु पर्यो।

  •  0 Reply
  • chitra kafle

    Aug. 23, 2018, 4:36 p.m.

    अब कार्डको बहाना गरेर जनताको पैसा तान्ने माध्यम बनाउँदै रहेछन /

  •  0 Reply
  • Bhanu chaurasiya

    Aug. 23, 2018, 1:45 p.m.

    श्री मान् महाेदय, याे सुविधा परदेश नं:-२काे बिरगंज माहानगर बाट पनि उपलब्ध गराईदिनु हुन विनम्र अनुराेध गर्दछु ।तर बाईक लाईस्नस जस्तो नहाेस......पाउन लाई बर्षौ लाईन कुर्नुपर्ने .......धन्यवाद ।

  •  0 Reply
  • Binod shrestha

    Aug. 22, 2018, 11:09 a.m.

    भेहिकल लाइसेन्स जस्तो नहोस , पाउन कै लागि ५ बर्ष लाग्ने /

  •  0 Reply

तपाईको प्रतिक्रिया