श्रीलंकाकाे भ्रमणमा रहेकाे नेपाली क्रिकेट टाेलीले अाज पहिलाे अभ्यास खेल खेल्दै

 भदौ ६, २०७५ बुधबार ७:१३:१३ | उज्यालो सहकर्मी

एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपालले आज श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग पानागोडा मैदानमा अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि सुरु हुनेछ । खेल एकदिवसीय हुनेछ ।

श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । त्यसपछि नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ ।

छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया