वर्षौदेखि पहिरोको सकस : बस्ती सार्ने राजा वीरेन्द्रको हुकुम अझैसम्म कार्यान्वयन भएन

 भदौ ६, २०७५ बुधबार १०:१:१२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीकोे दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडको डोल पहिरोले प्रत्येक वर्ष क्षति गरिरहेको छ ।

यो वर्ष पनि त्यो पहिरोले क्षति गर्न थालेको छ । वि.स. २०१८ सालमा खसेको पहिराले प्रत्येक वर्ष क्षति गर्दै आएको स्थानीय रामदत्त जोशीले बताउनुभयो । डोल पहिरोका कारण अहिलेसम्म ९ जनाको ज्यान गइसकेको छ भने सैयौं रोपनी खेतीयोग्य जमिन बगिसकेको छ ।

पहिरोको कारण बस्तीका पुरै घर बांगा भइसकेका र घरहरु भत्किने डर भइरहेको स्थानीय लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । भित्री भागमा कमेरोयुक्त माटो भएका कारण जमिन भासिँदै गएको र यसले घरहरु बांगा हुँदै गएको उहाँले बताउनुभयो ।

तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुम प्रवांगी दिएको भए पनि राजनीतिक खिचातानीका कारण बस्ती स्थानान्तरण हुन नसकेको उहाँले बताउनुभयो । पहिरोले प्रत्येक वर्ष खानेपानी, पानी घट्टलगायतका संरचनाहरु बगाउँदै आएको छ ।

लगातारको वर्षाका कारण स्थानीय लोगसिंह भाटको घर तलतिर पहिरो खसेकाले घर नै जोखिममा परेको स्थानीय रामदत्त जोशीले बताउनुभयो । पहिरोका कारण डोल बस्ती पुरै जोखिममा रहेको उहाँले बताउनुभयो ।

डोल पहिरोका कारण झण्डै १ सय ५० घरपरिवार जोखिममा परेका छन् । उनीहरुको खेतीयोग्य जमिन पनि सखाप भएको छ । डोलवासीहरुले २०१८ सालदेखि अन्यत्र बसाइका लागि पटक पटक सरकारसँग माग गरे पनि सरकारबाट आश्वासन मात्रै पाउने गरेका छन् । एक पुस्ता पहिरोमै बसे पनि अर्काे पुस्ताले पनि पहिरोको त्रासमै बस्नुपर्ने बाध्यता रहेको स्थानीय वीरसिंह भण्डारीले बताउनुभयो ।

डोल बस्ती पुरै पहिरोको जोखिममा छ । टाढाबाट त्यो बस्तीतिर नियाल्दा पुरै पहिरोले सेताम्य देखिन्छ । पहिरोले पानीमा मुहान र स्थानीयहरुले निर्माण गरेका पानीघट्टहरु पनि पुरिसकेको छ । वर्षामा त स्थानीयहरु दुषित पानी पिउन बाध्य रहेका छन् ।

गाँउमा आएको सिहदरबारले पनि डोलबासीको घाउमा मल्हम लगाउन नसकेको स्थानीयहरुले बताएका छन ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया